logo
Alibaba
8 News

महासंघ र लिन्यी सिटी सिपिपिसिसीबीच सहमति

2018-03-17 171
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी सिटी सिपिपिसिसीबीच आर्थिक तथा व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।
 
चीनको लिन्यी सिटी सिपिपिसिसीका उपाध्यक्ष ली चोङताओको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डल र महासंघका पदाधिकारीबीच बुधबार भएको भेटवार्तामा यो सहमति भएको हो।
 
चिनियाँ प्रतिनिधिमण्डल बिहीबार काठमाडौंमा सुरू हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा भाग लिने क्रममा नेपाल आएको हो । यसै अवसरमा महासंघ र लिन्यी ट्रेड सिटी एड्मिनिस्ट्रेटिभ कमिटीबीच आर्थिक व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र लिन्यी सिटी सिपिपिसिसीका उपाध्यक्ष ली चोङताओले हस्ताक्षर गरे।
 
सहमति अनुसार दुई देशबीचको आर्थिक, व्यावसायिक विस्तारमा दुवै संस्थाले सहकार्य गर्ने, सहकार्यका सम्भाव्य क्षेत्रहरू पहिचान गर्ने, लगानीका क्षेत्रबारे जानकारी गराउने, व्यावसायिक भ्रमण आदानप्रदान गर्ने, दुवै देशमा व्यापार मेला लगायत प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने, लिन्यी सिटीबाट नेपालमा व्यापार, लगानी, प्रविधि, सीप आकर्षणका लागि सहकार्य गरिने छ।
 
उक्त अवसरमा अध्यक्ष राणाले अन्तर्राष्ट्रिय व्यापार मेलाको माध्यमबाट नेपालमा रहेका सम्भावनाको खोजी गरी सहकार्यको हात अघि बढाउन आएको चिनिया“ प्रतिनिधिमण्डललाई यहाँका लगानी क्षेत्रबारे जानकारी गराइन् । मुलुक अब स्थिरतातर्फ अगाडि बढिसकेको जानकारी गराउँदै अध्यक्ष राणाले ढुक्क भएर लगानी गर्न आग्रह गरिन् । नेपालमा यसअघि पनि धेरै चिनिया“ कम्पनीको लगानी रहेको र व्यावसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा स्थापित भैसकेको समेत अध्यक्ष राणाले स्पष्ट पारिन् । राणाले सम्पन्न समझदारी आपसी व्यावसायिक सम्बन्ध विस्तारमा कोशेढुंगा हुने बताइन्।
 
छलफलमा टोली नेता ली चोङताओले आफू व्यावसायिक सम्भाव्यता खोजीका लागि पहिलोपटक नेपाल भ्रमणमा आएको बताए । उपाध्यक्ष लीले महासंघसँगको समझदारीपत्रमा हस्ताक्षर सहकार्यको सुरूवात भएको बताए ।टोलीमा सहभागी चिनिया“ व्यवसायीले आफ्ना उद्योग–धन्दा एवं उत्पादनबारे प्रस्तुतिमार्फत जानकारी गराएका थिए।

Shandong New Union Textra Import & Export Co., Ltd.

Address: Rm A1601, No.100, Lingong Road, Linyi CITY, Shandong Provice, China

E-mail: info@sdnutex.com

Tel: +86 539-880 3669/880 3700

Fax: +86 539-880 3089

Follow us: Wechat

wechat
© 2023 - Copyright xinlianfang - All Rights Reserved Designed by GreatMo